चितवनः भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्र किलोमा ट्रकमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सार्लाहीबाट इट्टा बोकेर काठमाडौं जाँदै गरेको प्रदेश २–०३–००१ ख ६५८७ नम्बरको ट्रकमा आगलागी भएको हो ।
ट्रक गुडीरहेको अबस्थामा व्याट्रीको तार सर्टभई आगलागी भएको कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी नायव उपरिक्षक नरहरी अधिकारीका अनुसार बिहान ६ वजेको समयमा ट्रकमा आगलागी भएको हो । आगलागीबाट ट्रक पूर्णरुपमा क्षती भएको छ ।

प्रतिक्रिया दिनुहोस !