चितवनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकामा आँफुहरुको दावि कायमै रहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले स्थानिय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकामा केन्द्र तहबाटनै तालमेल हुने बताउनुभयो । उहाँले तालमेल सत्ता गठवन्धनका बिचमानै हुने बताउनुभयो ।
उहाँले भन्नुभयो“महानगर र उपमहानगर पालिकालाई केन्द्रबाटै तालमेल गर्ने भन्ने छलफल चलेको छ । भोली बस्ने गठवन्धनको बैठकबाट केही न केही निर्णयमा पुग्छौ ।” उहाँले थप्नुभयो “काङ्ग्रेसको केन्द्रीय समितिको बैठकले निर्णय गरे पछि गठवन्धनका बिचमा आबश्यकता अनुसार तालमेल हुने कुरामा प्रष्ट भएको छ ।”
भरतपुर महानगरमा आँफुहरुको दावि रहेको बताउँदै उहाँले माओवादी केन्द्र शक्ति सुदृढ गर्ने र आबश्यकता अनुसार तालमेल पनि गर्ने कुरामा अघि बढेको बताउनुभयो । सबै राजनैतिक दलहरु आ–आफ्नो तबरले निर्माचनको तयारीमा लागेको भन्दै उहाँले निर्वाचन हुने कुरा सुनिश्चित भइसकेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !