चितवनः देश संघियतामा गए संगै निर्माण भएका सात प्रदेशका प्रमुखहरुको पहिलो बैठक बस्दै छ । बागमती प्रदेश प्रमुखको कार्यालयद्धारा आयोजित पहिलो बैठक चितवनको पर्यटकीय नगरी सौराहामा बस्न लागेको हो ।
सौराहाको होटल ल्याण्डमारमा हुने पहिलो बैठक बुधबार बिहान ८ वजेबाट सुरु हुने छ । बैठकका लागि सातै प्रदेशका प्रमुखहरु चितवन आउने क्रम जारी रहेको छ । बैठकमा प्रदेश प्रमुखहरु, प्रदेश प्रमुखको कार्यालयका सचिबहरु, निजी सचिवहरु सहभागी हुने लुम्बिनि प्रदेशका प्रदेश प्रमुखको निजी सचिब नारायण आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा सिमान्त कृत समुदायको उत्थानका लागि राज्यले गर्नुपर्ने काम, प्रदेशको बिकासमा देखिएका समस्याहरुको बिषयमा छलफल हुने छ ।
छलफलबाट आएको निश्कर्ष केन्द्रिय सरकार र राष्ट्रपति समक्ष बुझाईने छ । बैठकले हरेक ६–६ महिनामा एक पटक प्रदेश प्रमुखहरुको बैठक राख्ने निर्णय समेत गर्ने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !