चितवनः चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको आठ महिनामा १५२ वन्यजन्तु मरेका हुन् । जसमध्ये सबैभन्दा धेरै ७० वटा चित्तल मरेका हुन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार साउन १ गतेदेखि फागुन मसान्तसम्म ३२ वटा गैंडा मरेका छन् । दुई वटा तस्करीले मारेका हुन् भने बाँकी प्राकृतिक कारणले मरेका हुन् ।

यस्तै अर्ना १० वटा, बाघ २ वटा, रतुवा ३, मगर गोही २, जरायो ९, बँदेल २, सर्प २, अजिङ्गल २, लघुना ४, चखेवा २ मरेका छन् । यसैगरी भालु, चितुवा, हात्ती, बकुल्ला, कछुवा, गौरीगाई, निलगाई, मलाहा बिरालो, गोहोरो, दुम्सि, पानीहाँस र बाँदर एक÷एक वटा मरेका छन् ।

तिवारीका अनुसार गैंडा बाहेक अन्य वन्यजन्तु प्राकृतिक कारणले मरेका हुन् । अधिकांश बाघका आहारा प्रजाति भएका कारण कतिपयलाई बाघले मारेको हो । वन्यजन्तुहरु, बुढो भएर, दलदलमा फसेर, भिरबाट लडेर, एक आपसमा जुधेर, शक्तिशाली जनावरले कमजोरलाई आक्रमण गरेर मर्न गर्दछन् ।

यो निकुञ्ज वन र वन्यजन्तुका लागि प्रख्यात छ । यहाँ ६८ प्रजातिका स्तनधारी, ५४४ प्रजातिका चरा, ५६ प्रजातिका सरिसृप र १२६ प्रजातिका माछा पाईन्छन् ।

प्रतिक्रिया दिनुहोस !