चितवनः दुलर्भ एक सिंगे गैंडा मृत अबस्थामा फेला परेको छ । माडी नगरपालिका वडा नम्बर १ बनकट्टा स्थित रिउ खोलाको पुलबाट करिब तीन सय मिटर उत्तर तर्फको छेउमा गैंडा मृत अबस्थामा भेटिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान करिब ७ वजेको समयमा गैंडा मृत अबस्थामा भेटिएको हो । अन्दाजी २९ वर्षको भाले गैंडा मृत अबस्थामा भेटिएको हो । गैंडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ ।
यो संगै चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा चालु आर्थिक बर्षमा ३३ वटा गैंडा मरेका छन् । ती मध्ये दुई वटा चोरी शिकारीले मारेको आशंका गरिएको छ भने अन्य प्राकृतिक कारणले मरेको तिवारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !