चितवनः पृथ्वी राजमार्ग अन्तरर्गत ईच्छाकामना गाउँ पालिका वडा नम्वर ३ मा यात्रुवहाक बस दुर्घटना हुँदा ३८ जना घाईते भएका छन् । काँकडभिट्टाबाट काठमाडौं तर्फ गईरहेकाे बा ५ ख ७९४२ नम्बरको यात्रुबहाक बस अनियन्त्रित भइ पानीधारामा दुर्घटना भएकाे हाे ।
बस दुर्घटना हुदा घाइते मध्ये २५ जनाकाे स्थानिय पाेलिक्लिनिकमा उपचार भईरहेकाे छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चालक सहित ६ जनाकाे पुरानाे मेडिकल कलेजमा ५ जनाकाे बिएण्डबि अस्पतालमा उपचार भईरहेकाे छ । अन्य दुई जनालाइ काठमाडौं लगिएकाे कार्यालयले जनाएकाे छ ।घाईते मध्ये ३ जनाकाे अबस्था गम्भिर रहेकाे र अन्यकाे अबस्था मध्यम रहेकाे छ ।






