चितवनः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन काँग्रेसले भनेर केही नहुने बताउनुभएको छ । भरतपुर बिमानस्थलमा आज पत्रकारहरु संग कुराकानी गर्दै उहाँले तीन वटै निर्बाचनमा गठवन्धन हुने बताउनु भएको हो ।
दाहालले स्थानिय, प्रदेश र संघिय निर्वाचनमा सरकारमा रहेका दलहरु बिचमा गठवन्धन हुने बताउनुभयो । उहाँले भन्नुभयो “गठवन्धन त भईरहेकै छ नी गठवन्धन टुट्दैन । अहिलेकै गठवन्धन स्थानिय मात्र होईन प्रादेशीक र संघिय निर्वाचन सम्म पनि रहन्छ ।” नेपाली काङ्ग्रेस चितवनका केन्द्र र जिल्ला स्तरका नेताहरुले भरतपुरमा प्रमुखको दावि नछाड्ने बताउँदै आएका छन् । सोही सम्बन्धमा सोधिएको प्रश्नमा दाहालले भन्नुभयो “चितवन काङ्ग्रेसल भनेर केही हुँदैन ।” उहाँले थप्नुभयो “काँग्रेले एक्लै लड्छौ भनेको छैन । केही मान्छेले मात्रै भनेका हुन ।”
भरतपुर महानगरपालिकामा दाहालको छोरी रेनु दाहाल प्रमुख हुनुहुन्छ । यस अघि नेपाली काङ्ग्रेस संगको तालमेलमा उहाँ निर्वाचित हुनु भएको हो । माओवादी केन्द्रले गठवन्धन हुँदा भरतपुर आफ्नो भागमा पर्ने र दाहाललाई दोहो¥याउने जनाउँदै आएको छ । जिल्ला स्तरमा काङ्ग्रेसले भने गठवन्धन हुँदा भरतपुर महानगरमा आफ्नो उम्मेदवार हुनु पर्ने जनाउँदै आएको छ ।
प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र माडी र भरतपुरमा हुने बिभिन्न कार्यक्रममा सहभागी हुन आज यहाँ आउनुभएको हो । उहाँले माडीमा अगुवा कार्यकर्ता प्रशिक्षण, सडक उद्घाटन, आयोजना निरिक्षण, नमुना चेपाङ् बस्ति उद्घाटन, पुल उद्घाटन र भरतपुरमा महानगर पालिकाको प्रशासनीक भवन शिलन्याश गर्ने लगाएतका कार्यक्रम रहेको छ । उहाँले भरतपुरमा राष्ट्रिय महिला लिग फुटवल प्रतियोगिताको उद्घाटन समेत गर्दै हुनुहुन्छ ।






