चितवनः बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले प्रशब फिस्टुला रोग पहिचान र उपचार निशुल्क सुरु गरेको छ । मन्त्रालयले यसका लागि काठमाडौंमा रहेको मोडल अस्पताल संग सहकार्य गरेको छ ।
यस रोगको पहिचान संगै उपचार सम्बन्धी कार्यबिधी निर्माण गरि मुख्यमन्त्री कार्यालयमा पेश गरेको छ । बिरामीले निःशुल्क उपचार पाउन थालेका छन् भने कार्यबिधिमा कुरुवाका लागि निःशुल्क सेवा दिनका लागि मुख्यमन्त्री कार्यालयमा पेश गरिएकोे मन्त्रालयका सचिब बद्री बहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार प्रसुती हुने समयमा लामो बेथा लाग्नु वा सामान्य सुत्केरी हुननसक्ने अबस्थामा बल परेर पिसाब थैली वा मलासयमा दबाब परेर प्वाल पर्ने हुन्छ । समयमा उपचार भएन भने योनी मार्गबाट पिसाब वा दिसा निरन्तर आईरहने समस्या हुनेलाई प्रशब फिस्टुला रोग भन्ने गरिन्छ ।
यो रोग भएका बिरामीहरु दुर्गन्ध आउने भएकाले समाजमा लुकेर बस्ने गर्दछन् । लुकेर बसेका बिरामीहरुलाई ल्याएर सून्यमा झार्ने लक्ष्यका साथ प्रदेश सरकारले यो कार्यक्रम सञ्चालनमा ल्याएको बिज्ञ रमेश अधिकारीले जानकारी दिनुभयो । कार्यक्रम सुरु हुदै गर्दा मन्त्रालयले यस रोगका बारेमा जानकारी गराउन आज भरतपुरमा एक दिने अभिमुखिकरण कार्यक्रम गरेको छ । जिल्लामा रहेका सात पालिकामा स्वास्थ्य शाखा प्रमुखहरु एबं प्रतिनिधिसंग गरिएको अभिमुखिकरण कार्यक्रममा मोडल अस्पतालकी प्रसुती रोग बिशेषज्ञ डा. रञ्जना श्रेष्ठले रोगको बारेमा जानकारी दिनु भएको थियो । रोग लागि सके पछि यसको निराकरण कसरी गर्ने भन्ने बिषयमा कार्यपत्र प्रस्तुत गर्दै उहाँले यो रोगको समाधान शल्यक्रियाबाट मात्रै हुन सक्ने बताउनुभयो ।
अभिमुखिकरण कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालय योजना शाखाका दिपक तिवारी, दुर्गा चापागाई लगाएतले बोल्नु भएको थियो ।