
चितवनः नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर २ ले क्षेत्रीय समितिमा ८ जनालाई मनोनित गरेको छ । समितिका सभापति भरत लामिछानेले काँग्रेसको बिधानको धार ११ उपधार ४(ग) बमोजिम पाँच जना सदस्य र ३ जना आमन्त्रित सदस्यमा मनोनित गर्नु भएको हो ।
मनोनित सदस्यमा बिकाश पौडेल, कृष्णहरी लोहनी, तिलक भूसाल, तेज बहादुर गुरुङ र दुर्गा गौतम रहेका छन् । यस्तै आमन्त्रीत सदस्यहरुमा सबिता गौतम, शैलेन्द्र घट्टराई र राजेन्द्र न्यौपाने रहनु भएको छ । काँग्रेसको १४ औं महाधिबेशन पछि आएको नयाँ कार्यसमिति आए संगै आज लामिछानेले मनोनयन गरेको निर्मल कुमार रानाले जानकारी दिनुभयो ।