चितवनः पाँचौ राष्ट्रिय कृषि यान्त्रीक प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ । यही चैत्र ९ गते देखि १२ गते सम्म चितवन उद्योग संघले स्थापना गरेको प्रदर्शनी केन्द्र (एक्सपो सेन्टर)मा प्रदर्शनी हुन लागेको हो ।
“कृषि यान्त्रीकरणमा बृद्धिव्यावसायीक कृषि बिकास र समृद्धि भन्ने मुल नाराका साथ सुरु हुन लागेको प्रदर्शनीमा १ सय ५० वटा स्टलहरु रहने छन् । बि. सं. २०७० सालबाट सुरु भएको यस प्रदर्शनीको पाँचौ संस्करणमा ५२ वटा कृषि यन्त्र, औजार, उपकरण तथा प्रबिधिहरु, २० भन्दाबढि मुलुकमा उत्पादित २ हजार भन्दा बढी प्रकारका उउपकरण तथा प्रबिधिहरुको प्रदर्शनी गरिने यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो । नेपाल कृषि मेसिनेरी व्यवसायी संघको आयोजनामा हुनेमा प्रदर्शनीमा एक लाख भन्दा वढिले अबलोकन गर्ने अनुमान गरिएको छ ।
संघका अध्यक्ष खोजराज कटुवालका अनुसार प्रदर्शनीमा रु २० करोड बराबरको कारोबार हुने जनाईएको छ । प्रदर्शनीमा कृषि यान्त्रीकरण प्रबद्र्धन सम्बन्धी गोष्ठी, सेमिनार, मेड इन नेपाल प्याभिलियन र कृषि कर्जा मेला जस्ता कार्यक्रमहरु गरिने उहाँले जानकारी दिनुभयो । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले प्रदर्शनीको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको सो अबसरमा जानकारी दिइएको थियो । प्रदर्शनीबाट एकै थलोमा कृषि सम्बन्धी आधुनिक प्रबिधि, बिभिन्न कृषि औजार, उपकरण यन्त्रहरु तथा सेवाहरुका बारे जानकारी गराउने, नीति निर्माता पेशागत समुह, अनुसन्धानकर्ता, कृषक लगाएतका सरोकारवालाहरुलाई कृषि यन्त्र तथा प्रबिधि सम्बन्धी जानकारी गराउने मुख्य उद्देश्य रहेको छ ।
कृषि यान्त्रीकरण प्रविधि तथा सेवाको आन्तरिक बजार प्रवद्र्धनमा योगदान पु¥याउने अध्यक्ष कटुवालले जानकारी दिनुभयो । लगानीको अबसर सृजना गर्न प्रदर्शनी सफल हुने उहाँको भनाई छ ।





