चितवनः बालयोन दुव्यवहार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोमेश्वर माध्यामिक बिद्यालयका शिक्षक सुरज लामिछाने रहेका छन् ।माडी नगरपालिका वडा नम्बर ५ निबासी उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
उनलाई कक्षा ९ मा अध्ययनरत १५ बर्षिया बालिकालाई योन दुव्यवाहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो । पक्राउ परेका शिक्षकमाथि अनुसन्धान सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !