चितवनः पछिल्लो समय बेरोजगरको समस्या बढ्दै गएको छ । जसका कारण समाजमा हुने बिभिन्न किसिमका घटनाहरु वढ्दै गएको पाईन्छ ।
स्वदेशमा रोजगारीको राम्रो अबसर नहुँदा बिदेशीने युवा पुस्ताको संख्या पनि उत्तिकै रहेको छ । तर नेपालमानै रहेका कतिपय युवाहरु घर भित्र मात्रै सिमित बन्न पुगेका छन् । यसै क्रममा सरकारले स्थानिय तहको मिति तय गरेर निर्वाचनको तयारीमा जुटेको छ । निर्वाचन सम्पनन गर्नका लागि प्रहरी प्रधान कार्यालयले १ लाख म्यादी प्रहरीको माग गरेको छ । म्यादी प्रहरीको माग संगै आज देखि आबेदन लिन सुरु गरिएको छ ।
हरेक जिल्लामा सुरु गरिएको आबेदन लिने प्रकृया चितवनमा पनि आज देखि सुरु भएको छ । पहिलो दिन नै सयैंको संख्यामा युवाहरु लाइनमा बसेर पालो कुरी रहेका छन् । लाइनमा बसेर पालो कुर्दै गर्नुभएको भरतपुर महानगरपालिका वडा नम्बर ७ कि अनिता गुरुङ् रहरले म्यादी प्रहरी बन्न आएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “घरमा बसेर बेरोजगार हुनु भन्दा साथीहरुले म्यादी प्रहरी बन्न जाम भने अनि आएको हो ।” नाम निस्कने ननिस्कनेमा उहाँ दोधारमा हुनुहुन्छ । सानो बच्चा लिएर आबेदन दिन आउनु भएकी उहाँलाई कार्यालयमा आए पछि बेरोजगार आँफु मात्रै नभएर धेरैनै रहेका रहेछन् भन्ने लागेको उहाँले सुनाउनु भयो ।
उहाँ संगै आउनु भएकी सुनिता तामाङ उमेरले ३० वर्ष पुग्नुभयो । सानो बच्चालाई मोवाईल खेलाउन दिएर उहाँ आबेदन दिन व्यस्थ रहनु भएको थियो । बेरोजगारीले घर चलाउन समस्या हुने भन्दै उहाँले ४० दिन भए पनि रोजगार पाइन्छकी भन्ने आसमा आएको बताउनुभयो । साथीहरु मिलेर जाम आवेदन भरौ भन्ने भयो अनि आएको उहाँले थप्नुभयो । माडीबाट आवेदन भर्न आउनु भएका दिपेन्द्र सुवेदी अघिल्लो आम निर्वाचनमा पनि म्यादी प्रहरीमा भर्ती भएर काम गर्नु भएको थियो । उहाँ चार घण्टा लाईनमा बसेर म्यादी प्रहरीको दर्खास्त हाल्दै हुनुहुन्थ्यो । जागिर खान यति गाह्रो उहाँले भन्नुभयो । बेरोजगारी समस्याका कारण हरेका ठाउँमा प्रतिशपर्धा अत्याधिक हुने गरेको उहाँले बताउनुभो ।
जिल्ला प्रहरी कार्यालय चितवनले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि १ हजार ७ सय ९ जना म्यादी प्रहरीको दर्खास्त आव्हान गरेको छ । चितवन लगायत देशैभर म्यादी प्रहरीको लागि दर्खास्त आव्हान गरिएको छ ।
दर्खास्तका लागि चैत ६ गते देखि ११ गते सम्मको समय तोकिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता नरहरी अधिकारीका अनुसार सरकारले तोकेको मापदण्ड अनुसार म्यादी प्रहरीका लागि १८ वर्ष पुरा भई ५४ वर्ष सम्मका नेपाली नागरीकले दर्खास्त दिन सक्ने छन् । भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउने छन ।
सरकारले ४० दिनसम्मको मासिक रु ३० हजार २ सय ४० पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्न वापत ७ हजार २ सय, पोशाक र अन्य खर्च गर्ने गरि ६ हजार, यातायात खर्चवापत एक हजार र बिमा सुविधा समेत उपलब्ध गराइने व्यवस्था गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनमा म्यादी प्रहरीको दर्खास्त दिनका लागि बिहान देखिनै युवा–युवतीहरु लाईनमा बसेका छन् । प्रहरीले देशभर १ लाख म्यादी प्रहरी माग गरेको हो ।






