चितवनः नेकपा एमालेका नेता भानुभक्त ढकालले अबैध पार्टीहरु संग निर्वाचनमा एकता नहुने बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले निहितस्वार्थका लागि अलगिएका र नेकपाएमालेले बैधानिकता नदिएका दलहरुसंग कार्यगत एकता नहुने बताउनुभएको हो।
स्थानिय तहको निर्वाचनका पार्टीले बैधानिकता दिएका जुन सुकै दलहरु संग पनि आबश्यकता अनुसार सहकार्य हुने बताउनुभयो । उहाँले भन्नुभयो “कानुन सम्बत र पार्टीलेमान्यता दिएका दलहरुसंग कार्यगत एकताका लागि नेकपा एमालेको ढोका खुल्ला छ ।” माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको भनाई प्रतिलक्षित गर्दै उहाँले गठवन्धनमा रहेर अस्तित्व जोगाउनका लागि काँग्रेसलाई थर्काउनका लागि हो भने भन्नु केहीनरहेको बताउनुभयो । उहाँले भन्नुभयो “यथार्थमा हो भने तालमेलका लागि ढोका खुल्ला छ । नेकपा समाजबादि प्रति लक्षित गर्दै उहाँले भन्नुभयो “अबैध भएर जन्मिएका पार्टीसंगएकता गर्न सकिदैन।”
अहिले सरकारले निर्वाचनलाईप्रभाव पार्नका लागि मतपत्रमारंग भर्ने र जनप्रतिनिधि बिहिन वनाउने प्रर्यत्न गरिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो “पक्षधरताको राजनैतिक संबैधानिक निकायले गर्नु हुँदैन।” तर त्यस्तो नभएको आँफुहरुले अनुभूति गरेको उहाँको भनाई छ । आगामी निर्वाचनमा नेकपा एमाले ठूलो शक्तिकै रुपमा रहने बताउँदै उहाँले मेरो वडा म जिताउँछु भन्ने अभियानका साथ एमाले निर्वाचनमा हुमिएको बताउनुभयो ।
राष्ट्रिय राजनितिमा दुई कित्ता भएरअघि वढ्ने बताउनुभयो । आम निर्वाचन पछि काँग्रेस र एमाले मात्रै शक्तिको रुपमा रहने उहाँको भनाई थियो र






