चितवनः नेपाल चेपाङ संघको पाँचौ राष्ट्रिय महाधिवेशन भरतपुरमा जारी रहेको छ । बिहिबारबाट सुरु भएको महाधिबेशन नयाँ नेतृत्व चयन गर्दै आज सकिदै छ ।
महाधिवेशनले अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, दुई जना उपाध्यक्ष, महासचिब र कोषाध्यक्ष सहित ३५ सदस्यिय नेयाँ नेतृत्व चयन गर्ने संघका पूर्ब अध्यक्ष गोबिन्दराम चेपाङ्ले जनाकारी दिनुभयो । उहाँका अनुसार महाधिबेशनले वि.सं. २०६८ सालमा जारी गरेको रणनैतिकक योजना अनुसार भएका कामहरुको समिक्षा गर्ने छ ।
रणनैतिक योजना कार्यान्वयनका पक्षमा भएका पहलको समिक्षा गर्दै चेपाङ् समुदायको भाषा, धर्म, संस्कृति, रितिरिवाजको संरक्षण र प्रबर्धन गर्न, चेपाङ् समुदायको आयआर्जन र रोजगारमुलक शिप तथा स्रोतमा पहुँच बढाएर उनीहरुको बार्षिक आम्दानी बृद्धि गरी जीबिकोपार्जनमा सुधार ल्याउने खालका कार्यक्रम ल्याउन सरकारलाई झकझक्याउन महाधिबेशबाट माग गरिने उहाँले जानकारी दिनुभयो ।
महाधिबेशनमा महासचिब आइतसिंह चेपाङ र कोषाध्यक्ष रबिन्द्र कुमार चेपाङ्को संगठनीक एकं आर्थिक प्रतिबेदन पारित गरेको छ । महाधिबेशन नेतृत्व चयन संगै घोषणा पत्र जारी गर्दै सकिने छ । महाधिवेशनमा चितवन, मकवानपुर, धादिङ, गोरखा, तनहुँ र लमजुङका २५७ जना प्रतिनिधि सहभागी भएको आयोजकले जनाएको छ । बि. सं. २०६८ सालको जनगणना अनुसार नेपालमा ६८ हजार ३ सय ९९ जना चेपाङ्को बसोबास रहेको छ ।






