चितवनः नेकपा माओबादी केन्द्रले चितवनको जिम्मेवारी हेरफेर गरेको छ । जिल्ला संयोजकमा रामचन्द्र अधिकारी र जिल्ला इन्चार्जमा महानगर प्रमुख रेनु दाहाललाई दिइएको हो ।
माओवादी केन्द्रको बागमती प्रदेश समितिले जिम्मेवार हेरफेर गरेको हो । बागमती प्रदेशको मकवानपुर चितवन कमाण्डले यस्तो निर्णय गरेको हो । स्थानीय तहको निर्बाचन नजिकिदैं गर्दा पार्टीले जिम्मेवारी हेरफेर गरेको छ । यस अघि नेकपा माओवादी केन्द्रको जिल्ला अध्यक्षमा यमबहादुर परियार रहनु भएको थियो ।






