चितवनः दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवान पवन कटुवालको मृत्यु भएको छ । गैंडाले आक्रमणबाट बाँच्न पोखरीमा हाम फालेका कटुवालको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खोटाङ् गाउँपालिका वडा नम्बर ४ घर भई निकुञ्ज सुरक्षार्थ खड्गदल गणको साईली माइली पोष्टमा कार्यरत २६ वर्षिय जवान कटुवालको मृत्यु भएको हो । निकुञ्ज भित्र गस्ति जाने क्रममा गैंडाले आक्रमण गर्न खोज्दा उनी दलदलमा हाम फालेका थिए । घटना बुधबार साँझ ७ः४५ वजेको हो ।






