चितवनः नेपाली काँग्रेसका नेताहरुले एमसीसीको बिषयमा भ्रम छर्ने काम नेपालका कम्युनिष्ट पार्टीहरुले गरेको आरोप लगाएका छन् । घर–घर जाऔं काँग्रेस जिताऔं अभियानका क्रममा आज चितवन क्षेत्र नम्बर २ मा आयोजना गरिएको कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन ।
कार्यक्रममा नेपाली काँग्रेस चितवनका लागि केन्द्रिय प्रतिनिधि अव्दुलाह सतारले पछिल्लो समय देशमा द्धन्दको स्थिति सृजना गर्ने काम कम्युनिष्टले गरेकोबताउनुभयो । उहाँले भन्नुभयो “ जब निर्बाचन नजिकिन्छ अनि कम्युनिष्टहरु अनाबश्यक कुरालाई लिएर प्रचार गर्छन । अहिले पनि एमसीसीको बारेमा भ्रम छर्न अझै रोकीएको छैन ।” सरकार मा बस्ने र सडकमा पनि आउने गरेर कम्युनिष्ट चरित्र उद्धाङ्ग भएको उहाँको भनाई थियो ।
कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले एक महिने अभियानका लागि काँग्रेस चितवनले हरेक निर्वाचन क्षेत्रमा दुई जनाको दरले प्रतिनिधि खटाईएको बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले एमसीसीको भ्रम चिर्दै काँग्रेसका उम्मेदवारहरुलाई बिजयी गराउनु अहिलेको प्रमुख दायीत्व रहेको बताउनुभयो ।
नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर २ का सभापती भरत लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश मन्त्री मिलनबाबु श्रेष्ठ, पूर्ब सांसदहरु जगन्नाथ पौडेल, भिम बहादुर श्रेष्ठ, काँग्रेस नेता प्रकाश अधिकारी लगाएतले बोल्नु भएको थियो । क्षेत्रीय सचिब निर्मल कुमार रानाले सहजीकरण गर्नु भएको सो कार्यक्रममा काँग्रेसका नेताहरुले अहिलेको राजनैतिक अबस्था कम्युनिष्ट हाबी भएर भएको बताएका थिए । जनताको हक अधिकारीको रक्षा र देशको बिकासका लागि काँग्रेसको नेतृत्व तीन तहको सरकार आबश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !