चितवनः नेपाली काङ्ग्रेस चितवनले आज देखि जिल्लाका सबै निर्बाचन क्षेत्रमा घर–घर जाऔं, काङ्ग्रेस जिताऔं अभियान सञ्चालन गरेको छ । जिल्लामा रहेका तीन वटा संघिय निर्वाचन क्षेत्रमा आज औपचारीक कार्यक्रम गरि अभियान सुरु गर्न लागेको हो ।
स्थानिय तहको निर्वाचन नजिकिए संगै अभियान सुरु गरिएको सचिब ध्रुबराज पोख्रेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “निवर्बाचन संगै समाजमा एमसीसीको भ्रम चिर्नका लागि अभियान सुरु गरिएको हो ।”चितवन क्षेत्र नम्बर १ मा क्षेत्रीय पार्टी कार्यालय पर्सा, २ मा काङ्ग्रेस जिल्ला पार्टी कार्यालय र ३ मा होटल रोयल ब्याङ्क्वेट गितानगरबाट अभियानको शुभारम्भ गरिदैं छ । उहाँका अनुसार क्षेत्र नम्बर १ मा सचिब सूर्य अर्याल र सह–सचिब दिनेश अधिकारी, क्षेत्र नम्बर २ मा उपसभापति शालिग्राम शर्मा र सचिब ध्रुबराज पोख्रेल र क्षेत्र नम्बर ३ मा उपसभापति राजिब न्यौपाने र सह–सचिब गोपाल दराईलाई जिल्ला प्रतिनिधिको रुपमा खटाईएको छ । क्षेत्रको कार्यक्रममा केन्द्रबाट खटिनु भएका केन्द्रिय प्रतिनिधि अव्दुल सतार उपस्थित भई अभियानका बारेमा जानकारी गराउनु हुने छ ।
अभियानमा प्रत्येक निर्वाचन क्षेत्रमा जिल्ला कार्यसमितिका दुई जना प्रतिनिधि सहित काङ्ग्रेस नेता तथा कार्यकर्ता परिचालन गरिएको पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार हरेक टोल, वडा तहमा ती नेता एबं कार्यकर्ता पुगेर सर्बसाधारणलाई एमसीसीका बिषयमा जनतामाझ भएको भ्रम चिर्ने र काङ्ग्रेसका उम्मेदवारहरुलाई मतदान गर्न प्रेरित गर्ने छन् ।
फागुन २९ गतेबाट सुरु भएको अभियान चैत्र २९ गते सम्म सञ्चालन गरिने छ । अभियानका क्रममा क्षेत्र, प्रदेश र वडा स्तरमा जागरणका कार्यक्रम सञ्चालन गरिने र टोलटोलमा नेपाली काङ्ग्रेसको टोल कार्यसमिति गठन गरि पार्टी संगठनलाई जनस्तर सम्म पु¥याइने छ । काङ्ग्रेस चितवनमा १४ औं महाधिबेशनका क्रममा २८ हजार क्रियाशिल सदस्य रहेका छन् । अभियानका क्रममा क्रियाशिल सदस्यहरु समेतलाई परिचालन गरिने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस !