चितवनः उद्योग वाणिज्य संघ चितवनको ५५ औ साधारण सभा एबं अधिबेशनले चुननारायण श्रेष्ठको अध्यक्षतामा २५ जनाको कार्यसमिति चयन गरेको छ । अध्यक्ष, बरिष्ठ उपाध्यक्ष सहित १३ जना सर्वसहमत भए पनि १२ पदका लागि निर्बाचन भएको थियो ।
यसअघिनै अध्यक्षमा चुननारायण श्रेष्ठ, बरिष्ठ उपाध्यक्षमा सुमनकुमार श्रेष्ठ, उद्योग उपाध्यक्षमा चिरञ्जिवी सुवेदी निर्विरोध चयन भैसक्नुभएको छ । सोमबार सम्पन्न अधिबेशनले कर्पोरेट उपाध्यक्षमा सिरिष पन्त र राजेन्द्र ओली बिजयी हुनु भएको छ ।
पन्तले उहाँका प्रतिशपर्धि शंकर नेपाललाई ४४ मत अन्तरले र ओलीले भोजराज कौडाललाई ८९ मत अन्तरले पराजित गर्नु भएको हो । निबाचन समितिका अनुसार वाणिज्यतर्फका ६ जना सदस्य निर्वाचित हुनुभएको छ । निर्वाचित हुनेमा थीरप्रसाद धिताल, दिपा शाही, धनप्रसाद पोखरेल, नारायण प्रधान, राजन पिया, ज्ञानुप्रसाद न्यौपाने रहनु भएको छ । यस्तै वस्तुगत सदस्यतर्फ गुणराज पौडेल, जनक पौडेल, रविन्द्रकुमार श्रेष्ठ, सन्तोषजनक भुषाल विजयी हुनुभएको छ ।
१ महिला, १ क्षेत्रीय, २ कर्पोरेट, ६ उद्योग सदस्यहरु यसअघिनै निर्विरोध चयन भैसक्नुभएको छ । ३ हजार ४ सय ३७ मत रहेकोमा २ हजार २ सय १ जनाले मतदान गरेका थिए ।