काठमाडौंः नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथि लगाएको आरोपको प्रतिवाद गर्नुभएको छ ।

सोमबार नुवाकोटमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले रावल मन्त्री भएकै बेला एमसीसी सम्झौता मन्त्रिपरिषदबाट पारित भई संसदमा पेश भएको बताउनुभएको थियो । त्यतिबेला किन प्रश्न नगरेको र अहिले किन टाउको दुखेको भनी देउवाले प्रश्न गर्नुभएको थियो ।

जवाफमा रावलले आफू मन्त्री भएका बेला मन्त्रिपरिषदबाट एमसीसी पारित नभएको जिकिर गर्नुभयो । “म केपी ओलीजी पहिलो पटक प्रधानमन्त्री भएको बेला उपप्रधानमन्त्री र रक्षामन्त्री थिएँ । ओलीले एमसीसीसँगको सम्झौता संसदमा ल्याएको बेला होइन । अतः मेरो मन्त्रिपरिषदमा सहमति रहेको भन्ने कुरै रहेन” रावलले ट्विटरमार्फत जवाफ दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !