चितवनः नेपाली समाजमा विद्यमान नारीले भोग्नुपरेका समस्या, गर्नुपरेका सङ्घर्षका बिषयमा मोम्चो कथा उत्कृष्ठ रहेको साहित्यकार तथा समालोचकहरुले बताएका छन् । आज गैंडाकोटमा आयोजित मोम्चो कथा संग्रह माथिको परिचर्चा कार्यक्रममा बोल्दै साहित्यकार एबं समालोचकहरुले कथा भित्रका बिषयबस्तुहरुले नेपाली समाजमा भएको तिथो यथार्थतालाई बाहिर ल्याएको बताएका हुन ।
चितवन साहित्य परिषदका पूर्ब अध्यक्ष गायत्री श्रेष्ठले नारि भोग्यामात्र नभई जननी भएको बताउँदै उनीहरु माथि हुने हिंसा रोक्न यो कथा संग्रह सार्थक वनेको बताउनुभयो । उहाँले भन्नुभयो “पृति सतमत्मक प्रबृति उजागर गर्न मोम्चो कथा संग्रह सफल भएको छ ।नारी माथि हुने बिभेद, अन्याय र अत्याचार जस्ताको तस्तै समाजबाट टपक्क टिपेर राखिनु काथाकारको सबल पक्ष हो ।”
समालोचक डा. एकनारायण पौडेलले यस कथा संग्रह भित्र आन्चलिकता प्रबलमात्रामा देखिएको बताउनुभयो । खोजमुलक र नारि बिषय बस्तुमा केन्द्रित भएर लेखिएको यस कथाले सिमान्तकृत समुदायमा रहेको चेपाङ्ग समुदायमा रहेको धर्म, संस्कृति, रिति रिवाजलाई टिप्ने काम भएको उहाँले बताउनु भयो ।
समिक्षक रमेश प्रभातले कथा भित्रको योन मनोबिज्ञानका बारेमा चर्चा गर्दै यौन मानवको अपरिहार्य बस्तु भएता पनि यसलाई प्रयोग गर्न नजान्दा समस्या भोग्नु परेको कथामा समेटिएको बताउनुभयो ।
सम्पूर्ण किताब नारायणगढको आयोजनामा सम्पन्न कार्यक्रममा लेखक बसन्त पराजुलीले नारि प्रधान बिषय बस्तुमा लेखिएको मोम्चोमा योन मनोबिज्ञान समेत पस्कने प्रयास गरिएको बताउनुभयो । साहित्यकार गोबिन्दराज बिनोदिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार तथा कथाकार एल.बि क्षेत्रीले कथा संक्षिप्त शैलीको आख्यान भएकाले कथामा लघुता हुने तर उपन्यास जस्तो बृहत नहुने बताउनुभयो ।
भूडि पुराण प्रकाशन प्रालिले प्रकाशन गरेको सो कृतिमा समसामाहिक विषय विस्तुमा केन्द्रित ११ वटा कथाहरु रहेका छन् ।
मोम्चो कथाकार पराजुलीको दोस्रो कथा संग्रह हो । पराजुली डेड वर्षअघि मात्रै ‘कुमाता’ कथासङ्ग्रहका माध्यमबाट नेपाली आख्यान साहित्यमा प्रवेश गरेका हुन् ।






