चितवनः जिल्ला प्रहरी कार्यालय चितवनले डाँका मुद्धामा फरार प्रतिबादीलाई पक्राउ गरेको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक नरहरी अधिकारीका अनुसार पक्राउ पर्नेमा खैरहनी नगरपालिका वडा नम्बर ६ का ३१ बर्षिय कमल श्रेष्ठ रहेका छन् ।
श्रेष्ठलाई चितवन जिल्ला अदालतबाट वि. सं. २०७० साल भदौ २५ गते डाँका मुद्धामा ५ वर्ष ११ महिना २ दिन कैद र रु २ लाख ७१ हजार २० जरिवाना तोकेको थियो । उनलाई प्रहरीले चितवन जिल्ला अदालत पेश गरेको छ । फैसला कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको हो ।






