चितवनः सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सरकारले ल्याएको बिषयमा दोहोरो भूमिका खेल्न नहुने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले सरकारमा बसेर एमसीसीको बिषयमा दोहोरो भूमिका खेल्न नहुने बताउनुभएको हो ।
उहाँले भन्नुभयो “कि त सरकार छोडेर सडकमा जानु प¥यो । कि सरकारमा बसेर सडकमा जानु भएन ।”सत्ता पनि चाहीने, सरकारको काममा पनि बिरोध गर्नु पर्ने हो भने यो बिरोधाभाष पूर्ण कुराबाट सबै मुक्त हुनु पर्ने उहाँको भनाई थियो । उहाँले थप्नु भयो “बिरोधाभाष कुरा हुँदैन । पाटीले निर्णय गर्छ भने एक मिनेट सरकारमा बस्न मन छैन ।” सबै जिल्ला कमिटिलाई एमसीसीको बिषयमा धारणा पठाउन आग्रह गर्दै उहाँले एमसीसी गलत भए आँफुहरु व्याक हुने बताउनुभयो । उहाँले भन्नुभयो “ भोट पनि नहाल्ने, बिरामी भएर बस्ने, सत्तामा टाँसीने यस्तो अनैतिक राजनैतिक नगरेको राम्रो हुन्छ ।”
आँफु अहिलेको सरकारको मन्त्री भएको भन्दै उहाँले सरकारले गरेको निर्णय बिरुद्ध आँफु जान नमिल्ने बताउनुभयो । एमसीसी स्विकार गर्दा र अस्विकार गर्दा के हुन्छ भन्ने कुरामा सबैले बुझ्न जरुरी रहेको उहाँको भनाई थियो । पार्टीको सचिबालयले एमसीसी यथास्थितिमा पास नगर्ने निर्णय गरेको भन्दै उहाँले यस बिषयमा छलफल हुन जरुरी रहेको बताउनुभयो । तत्कालीन समयमा केपि ओली नेतृत्वको सरकारले संसदमा टेवुल गर्न चाहेकोे भन्दै उहाँले अहिले नेकपा एमालेको मौनताले केही असहज वनाएको बताउनुभयो ।






