चितवनः अदालतले फैसला गरेर फरार रहेका २ सय ६० जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले बिभिन्न मुद्दामा सजाय पाएर फरार रहेका उनीहरुलाई पक्राउ गरेको हो ।
चालु आर्थिक वर्षको सात महिनामा जिल्ला अदालत चितवनबाट फैसला भएर फरार रहेका उनीहरुलाई पक्राउ गरी अदालतमा बुझाएको हो ।
कार्यालयका सूचना अधिकारी नरहरी अधिकारीका अनुसार पक्राउ पर्नेमा बन सम्बन्धी, लागू औषध, सरकारी छाप दस्तखत किर्ते, सवारी ज्यान, नकवजनी चोरी, लुटपाट, जवरजस्ति करणीका रहेका छन् । यस्तै कर्तव्य ज्यान, चोरी, ठगी, बैंकिङ कसूर र लागुऔषध मुद्दामा उनीहरुलाई पक्राउ गरिएको हो ।
फैसला कार्यान्वयनका क्रममा कार्यालयले पक्राउ परेका उनीहरुबाट ८७ बर्ष ८ महिना, २३ दिन कैद सजाय र रु एक करोड चौंतीस लाख सोह्र हजार एक सय उनान्असी जरीवाना समेत अशुली गरेको छ । अधिकारीका अनुसार अदालतबाट फैसला कार्यान्वयनका लागि आएका पत्रहरुका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
फैसला कार्यान्वयनका लागि आएका पत्रहरुको कार्यान्वयनकै क्रममा समेत रहेको उहाँले बताउनुभयो ।






