काठमाडौं- भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ७५७ जना कोरोनाका नयाँ संक्रमित थपिएका सरकारी अधिकारीहरुले बिहीबार बिहान जानकारी दिएका छन्। यसैसँगै भारतमा कोरोना संक्रमण शुरु भएयता हालसम्म चार करोड २७ लाख ५४ हजार ३१५ जना संक्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ ।

सोही अवधिमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने ६७ हजार ५३८ रहेको छ। एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ संक्रमित भएकाहरुको सङ्ख्या भन्दा संक्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै रहेकाले सक्रिय संक्रमितहरुको सङ्ख्या घट्दै गएको छ। भारतमा कोरोनाका चार करोड १९ लाख १० हजार ९८४ जना संक्रमण मुक्त भएका छन्।

अधिकारीहरुका अनुसार, भारतमा अहिले कोरोनाभाइरसबाट सक्रिय संक्रमितको सङ्ख्या तीन लाख ३२ हजार ९१८ रहेको छ। गत २४ घण्टामा मात्र ३७ जना  ३२२ जना सक्रिय सङ्क्रमित घटेका पनि समाचारमा जनाइएको छ।

कोरोनाभाइरसका कारण भारतमा पछिल्लो एक दिनमा ५४१ जनाको मृत्यु भएको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन। यससँगै भारतमा कोरोना संक्रमणको कारण हालसम्म पाँच लाख १० हजार ४१३ जनाको मृत्यु भइसकेको समाचारमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस !