काठमाडौंः कोरोनाको तेस्रो लहर वढे संगै माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने सीसीएमसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय शिक्षा मन्त्रालयले गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीको सिफारिस अनुसारकै सूचना जारी गर्ने बताउनुभयो । विद्यालय बन्द सम्बन्धमा हामी आजै सूचना जारी गर्ने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्न्ुभयो “सूचना सीसीएमसीकै सिफारिस अनुसारको हुन्छ ।”

कोरोनाको संक्रमण बढेपछि सीसीएमसीले विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । सो सिफारिस सार्वजनिक भएपछि आज शिक्षा मन्त्रालयका अधिकारीहरु छलफलमा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस !