चितवनः नेपाली काँग्रेसको १४ औं महाधिबेशनमा केन्द्रीय सदस्यको उम्मेदवार वन्नु भएका जीतनारायण श्रेष्ठले आज आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको छ । उहाँले आज दिनको १ वजे उम्मेदवारी दर्ता गराउनु भएको हो ।
आज विहान देखिनै प्रचार प्रसारमा लाग्नु भएका श्रेष्ठले दलवल सहित उम्मेदवारी दर्ता गराउनु भएको हो । श्रेष्ठका अनुसार उहाँको प्रस्ताबकमा चितवन क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति भरत लामिछाने र समर्थकमा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति लालवहादुर दवाडी रहनु भएको छ ।
जिल्लाबाट महाधिबेशन प्रतिनिधि रहनु भएका ३५–४० जना सहित नेता कार्यकर्ताबा बिच आफ्नो मनोनयन पत्र केन्द्रीय निर्वाचन समितिमा उम्मेदवारी दर्ता मनोनयन गर्नु भएको हो । उम्मेदवारी दर्ता पछि प्रतिक्रिया दिर्दै श्रेष्ठले आफ्नो जीत सुनिश्चित भएको बताउनुभयो । आँफु पार्टीको युवा र प्रखर वक्ता भएका कारण पनि निर्वाचनमा जीत हाँशिल गर्न सहज भएको बताउनुभयो । देश, काल अनुसार पार्टीलाई चलायमान बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको भन्दै श्रेष्ठले विजयी भए पछि पार्टी भन्दा माथि उठेर देश र जनताका निम्ति काम गर्ने प्रतिक्रिया दिनुभयो ।
नेपालको सुन्दर भबिश्य निर्माणका लागि शान्ति, स्थिरता र विकासलाई महत्व दिएर अघि वढ्ने उहाँको भनाई छ । यसलाई पुरा गर्नका लागि काँग्रेसको संरचनागत नेतृत्वमा युवाहरु आउनु पर्ने उहाँले बताउनुभयो । युवाहरुले नेतृत्व लिन सके मात्र पार्टीलाई नवजीवन दिने परिस्थिति निर्माण हुन सक्ने उहाँको भनाई छ । नेविसंघको राजनितिबाट राजनैतिक यात्रा सुरु गर्नु भएका श्रेष्ठ हाल नेपाली काँग्रेस चितवनको सभापति हुनुहुन्छ । काँग्रेस चितवनको जिल्ला सभापति भई पार्टीलाई चलायमान वनाउन सफल हुनु भएका श्रेष्ठले आँफुलाई केन्द्रीय सदस्यमा निर्वाचित गराइ पार्टीका साथीहरुको सेवामा लाग्ने अबसर दिन समेत सबैलाई अपिल गर्नु भएको छ । केही दिन अघि उहाँले चितवनमा भव्य कार्यक्रमका बिच आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको थियो । घोषणा सभामा नेपाली काँग्रेसका पूर्ब सभापति, जिल्ला अधिबेशनमा सभापति पदका आकांक्षिहरु, महाधिबेशन प्रतिनिधि लगाएत नेता कार्यकर्ताको ठूला्े उपस्थिति रहेको थियो ।
श्रेष्ठ ३६ वर्षको उमेरमा जिल्ला सभापति वन्नुभएको हो । उहाँको भाषण कला निकै राम्रो रहेको छ । सुन्नेहरुले गगन थापा, विश्वप्रकाश शर्माको जस्तै बोल्न सक्ने नेताका रुपमा उहाँलाई लिदैं आएका छन् । बिपक्षि दलहरु संग आफ्ना अडान दरिलो तवरले राख्ने नेताको रुपमा पनि उहाँ परिचित हुनुहुन्छ । केहीदिन यता देखि राजधानिमा रहेर उहाँले देशभरबाट र बिदेशबाट आउने प्रतिनिधिहरु संगको भेटघाटलाई तिब्रता दिइरहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !