चितवन, असोज ११

करिब डेढ दशक मकाउ, दुबई लगायतका शहरहरुमा साहसिक जम्प गरेको अनुभव संगालेका युवा सन्तोष भट्टराई र उहाँको टिमले नेपालमै बन्जीजम्प संचालनमा ल्याउँनुभएको छ ।उहाँ नेपालकै पहिलो अन्तर्राष्टिय स्तरको जम्प मास्टर हुनुहुन्छ । बन्जी नेपाल एडभेन्चर्स प्रालिको नामबाट गो बन्जी संगको फ्रेन्चाईजमा पोखराको सेतीनदी खोचमा यो सेवा संचालनमा ल्याईएको सोमबार भरतपुरमाआयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी दिईएको हो ।

करिब आठ करोड २५ लाखको लागतमा निर्माण सम्पन्न उक्त आयोजनाको प्रमुख विशेषताका रुपमा १०१ मिटर १०५ मिटर गरी दुई फरक गहिराईमा जम्प गर्न मिल्ने गरी प्लेटफर्म राखिएको छ । यसका अलवा बन्जीकालागि बनाईएको ३५ मिटर अग्लो टावरमा नेपालमै पहिलो पटक टावर क्लाईम्बिङ समेत सुरु गरिएको छ ।

फराकिलो हिमश्रृङ्खला हेर्दै सेतीनदीको खोंचमा फ्रिफल जम्पिङको मनोरञ्जन लिनपाईने भएकाले अन्यभन्दा यो बन्जिविषेश रहेको संचालक भट्राईले बताउँनुभयो । यसको परिक्षण जम्पगो बन्जीजापानका संस्थापक बीउ रिटालिकले गर्नुभएको थियो ।
साईकल जम्प, बकेट जम्प, टेण्डम जम्प लगाएतका विशेष जम्पहरुको समेत सुबिधा उपलब्ध रहेको कार्यक्रममा बताईएको छ । कम्पनीको अन्य संचालकहरुमा राजु कुँवर, अशोक गुरुङ, दुर्गादत्त खरेल, दिल गुरुङ, दामोदर बराल, कल्पनापौडेल र भुपालबहादुर बराल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !