काठमाडौं,१० असोज । एभरेस्ट प्रिमियर लिग (ईपीएल)मा चितवन टाइगर्सले विराटनगर वारियर्सलाई २ विकेटले पराजित गरेको छ ।

आइतबार कीर्तिपुर मैदानमा भएको खेलमा विराटनगर वारियर्सले दिएको १५२ रनको लक्ष्य चितवन टाइगर्सले ८ विकेटको क्षतिमा पूरा गर्‍यो ।

चितवनका लागि राजेश पुलामीले आउट नभई ४३, भीम सार्कीले ३०, दिलीप नाथले २३, करिम जनतले १९ र इशान पाण्डेले १० रन जोडे ।

 

प्रतिक्रिया दिनुहोस !