बिद्यालय वन्द हुँदा बालबालिकालाई चिन्ता

चितवनः
“छैन मेरो घरमा बिजुली र इनटरनेट
कहिले पढ्न पाइन्छ खै शिक्षक संग भएर भेट ।”

कोरोना कहरका कारण लामो समय देखि बिद्यालय वन्द हुँदा बालबालिकाको भविश्य अन्योलमा परेको भन्दै वालवालिकाले नै चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय बाल दिवसको अबसरमा भरतपुर महानगरपालिका र नेपाल शिक्षक महासंघ चितवनले आज यहाँ आयोजना गरेको “कोभिडको महामारिमा बालबालिकाको अबस्था” बिषयक वक्तित्वकला प्रतियोगितामा सहभागी बालबालिकाहरुले यसरी चिन्ता व्यक्त गरेका हुन । बिद्यालय वन्द हुँदा आँफुहरुको भबिश्य अन्धकार वन्न पुगेको उनीहरुको गुनासो थियो ।

कोभिड १९ का कारण बिगतका वर्षहरु देखि बिद्यालय वन्द हुँदा बालबालिकाको बालापन त्याग र तपश्यामा बित्ने गरेको उनीहरुले गुनासो गरे । सरकारले स्माट लकडाउन मार्फत भौतिक उपस्थितिमा पठनपाठन सुरु गर्ने भन्दै गर्दा बालबालिकामा उत्साहा संगै त्रास छाएको छ ।

एस ओ एस हर्मन माइनर स्कुल भरतपुरकी छात्रा श्रेया सुवेदीले कोभिडका कारण मारमा परेका आफ्ना पिडा सुनाउनुभयो :

“भर्खर जन्मिएका वच्चा जाँदै छन् रे धर्ती छोडी गगन्
मृत्युदर आज भन्दा भोली वढ्दैछ रे झन झन्
आत्तिन्छ झन पालो आज हो कि भोली भन्दै यो मन
डर लाग्छ हजुर के थाहा बालापनमानै सकिन्छ की जीवन ।।”

यस्ता मार्मीक भनाई उनीहरुले बक्तित्वकलाको शुभारम्भमा पोखेका थिए । महामारिको चपेटामा परेका बालबालिका अहिले अध्ययन भन्दा वढि मात्रामा सामाजिक सञ्जालको दुरुपयोगमा लागेको सुवेदीले गुनासो गर्नुभयो । अहिले बालबालिकाको अध्ययनमा भन्दा इन्टरनेटको सहायताले पव्जी र फ्रि फाएरमा व्यस्त वन्न थालेको भन्दै उहाँले बालबालिकाको भविश्य प्रति सरकार चिन्तित वन्न आग्रह गर्नुभयो । सरकारले बालबालिकाको अधिकारको रक्षा गर्दै कोभिड बिरुद्धको खोप समयमानै उपलव्ध गराउनु पर्ने उहाँले माग गर्नुभयो । भौतिक रुपमा पढाई सञ्चालन गर्नका लागि बालबालिकाहरुलाई खोप अत्याबश्यक रहेको सुवेदीको भनाई थियो ।

जानकी माध्यामिक विद्यालयकी सुविना खनालले बिद्यालय बन्द मात्रै नभएर घरबाट बाहिर निस्कन समेत वन्द हुने अबस्था आएको बताउनुभयो । कोरोना कहरका कारण स्वास्थ्य भन्दा ठूलो केही होइन भन्ने अनुभव भए पनि बालबालिका मानसिक रोगी वन्ने चिन्ता बढ्न थालेको उहाँले बताउनुभयो । बक्तित्वकलाका क्रममा भन्नुभयो “ज्ञान, सिप र क्षमताको बिकास गर्ने समयमा चार दिवार भित्र थुनिनु परेको छ ।” कष्टकर समयमा बालबालिकाको मनोवल उच्च बनाई राख्न अभिभावकलाई उहाँले आग्रह गर्नुभयो ।

अन्नपूर्ण मावि पार्बतीपुरका छात्र प्रितम बस्ताकोटीले अहिले आफ्नै साथी संग भेट्न पनि कठिन स्थिति आएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो “पहिला चार जना साथी एउटै वेन्चमा वस्थ्यौ । खाजा बाँढेर खान्थ्यौं । अहिले साथीलाई छुन पनि डर लाग्छ ।” बिद्युत पुगेका, इन्टरनेटको पहुँचमा भएका आर्थिक अबस्था मजबुत भएका अभिभावकले त भर्चुअल माध्यमबाट पढाएका छन् । बस्ताकोटीले गुनासो गर्नुभयो “दुर दराजमा रहेका भून्टे र च्यान्टेले यो सुविधा कहिले पाउलान ?” यस्ता हृदय छुने चौध जनाको पिडा सुनिसके पछि भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले बालबालिकाहरुको अधिकारको रक्षाका लागि महानगरले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कोरोनाका कारण बिद्यालय जान नपाएका बालबालिकाहरुलाई भर्चुअल माध्यमबाट पठनपाठन गराइएको भन्दै उहाँले अब केहि दिनबाटनै भौतिक रुपमा उपस्थित भई कक्षा सुरु गरिने बताउनुभयो । सबैको भावना सुन्दै गर्दा आँफुलाई पिडाको वोध भएको भन्दै रोगकै कारण धेरै नोक्सानी वेहोर्नु परेको बताउनुभयो । अबका दिन सुखद रहने अपेक्षा सहित अध्ययनमा लाग्न उहाँले सबैलाई आग्रह गर्नु भयो ।

अन्य कार्यक्रम भए पनि सबैलाई छोडेर सबैको भावना बुझ्न आँफु दिनभर संगै बसेको दाहालको भनाई थियो । महानगर उपप्रमुख पार्बती शाह ठकुरीले महानगर भित्रका बिद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि बिभिन्न कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो “तपाईहरु सबैको पिडा बुझेका छौ । बुझेर पनि ततकाल समाधान गर्न नसकिएको हो । ” सो अबसरमा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र भरतपुर महानगर शिक्षा महाशाखाका प्रमुख महेन्द्र प्रसाद पौडेलले अब क्रमशः बिद्यालय खुल्ने र भौतिक रुपमा पढ्न पाउने बताउनुभयो ।

प्रतियोगितामा अन्नपूर्ण माध्यामिक बिद्यालयका छात्र प्रितम बस्ताकोटी प्रथम, एस ओ एस हर्मन माइनर स्कुलकी छात्रा श्रेया सुवेदी द्धितिय, अर्किट सेकेन्डरी स्कुलकी छात्रा स्वेता जमरकट्टेल तृतिय, र प्याराडाइज बोडीङ् स्कुलका उत्सब दाहालले सान्तोना स्थान हाँसिल गर्नु भएको छ । विजयी बिद्यार्थीहरुले क्रमशः रु.५ हजार, रु ३ हजार, रु २ हजार र रु १ हजार पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

अयोध्यामिडिया द्धारा संञ्चालित क्लिक खवर
अध्यक्षः सनद अधिकारी
प्रबन्धनिर्देशकः प्रस्ताब सुवेदी
र सम्पादक नारायण काफ्ले
बिज्ञापनका लागि सम्पर्कः ९८५५०५४१३५
Copyright © 2020 - www.clickkhabar.com | Powered by: Namuna Computer