काठमाडौं, २७ भदौ । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । उनी मृतक तेजबहादुर कार्कीका भतिजो समेत हुन् ।

घटना भएको दिन तेजबहादुरले खेताला आउन भनेका थिए । लोकबहादुर र उनका भाइलाई पनि बोलाइएको थियो । तेजबहादुर घटना हुने दिन पनि र बोलाउन गएका थिए । बाबु र भाइ घाँस काट्न गएका थिए भने लोकबहादुर घरमै थिए ।

बिहानै उठाउँदा लोकबहादुर रिसाए । विगतदेखि नै आफूलाई गालीगलोज गरेको मनमा गढेको आक्रोश समेत भएकाले उनले तेजबहादुरलाई पछ्याउँदै गए । गोगनको रुख भएको स्थानमा पुगेपछि उनले टाउकोमा चिर्पटले हानेको पाइएको छ ।

२–३ पटक हानेपछि तेजबहादुर ‘लोकेले मा¥यो’ भनेर कराए, त्यो सुनेर घरमा भएकी उनकी श्रीमती कमला र बुहारी रञ्जना दौडिँदै आए । त्यो देखेपछि लोकबहादुरले तेजबहादुरको शवलाई कान्लामुनि धकेलिदिए र काकी भएतिर गए ।

उनलाई पनि त्यही चिपर्टले हाने र खोल्सा तल झारिदिए । त्यो देखेर बुहारी रञ्जना बेहोस भएर ढलिन् । उनी उठ्दानउ्ठदै लोकबहादुरले चिपर्टले हाने ।

कमला र रञ्जनालाई पछ्याउँदै आएका दुई नाबालक दिपेन र गोमालाई पनि लोकबहादुरले लखेटी–लखेटी चिर्पटले हानेर हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

एकै परिवारका ५ जनाको हत्यापछि उनी तेजबहादुरकै घरमा गए, जहाँ हजुरआमा पार्वती कुँडो पकाइरहेकी थिइन् । लोकबहादुरले उनको टाउको भित्तामा बजारेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको डीआईजी बीसीले जानकारी दिए ।

६ जनाको हत्या गरेपछि लोकबहादुर घरमा गए र घटनामा प्रयोग भएको चिर्पट कुँडो पकाउन बालेको आगोमा हालेको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !