काठमाडौँ,२७ भदौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन आइतबार प्रतितोलामा ४ सय रुपैयाँले घटेर ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रुपैयाँ कायम भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी प्रतितोला २० रुपैयाँले घटेर १ हजार १९५ रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस !