चितवन, २६ भदौं । नेकपा बिप्लव समुहले चितवनमा रहेका संसदहरुको घर र चोकमा एमसिसि कार्यान्वयनमा नल्याउन माग गर्दै कालो झण्डा टाँस गरेका छन् । जिल्लाबाट पतिनिधि सभा, राष्ट्रिय सभा र पदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरुको घर कालो व्यानर टाँस गरि बिरोध प्रदर्शन गरेका हुन ।
सो समहको पूर्ब निर्धारित कार्यक्रम अन्तर्गत व्यानर टाँस गरिएको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चितवनमा घर नभएकाले सार्बजनिक स्थलमा र अन्य को घरमानै व्यानर टाँस गरिएको हो । बिरोधमा टाँसिएको व्यानर केही समयमा नै प्रहरीले निकालेको थियो । एमसिसि खारेज गर लेखिएको कालो व्यानर टाँस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !