चितवन,२५ भदौ । भरतपुर अस्पतालको सूचना अधिकारीमा गोपाल पौडेल नियूक्त हुनु भएको छ ।
अस्पतालले यस अघि सूचना अधिकारीको रुपमा रहनु लिलाधार पौडेललाई हटाई गोपाल पौडेल नियुक्त हुनु भएको हो ।
सिनियर अहेव अधिकृत गोपालप्रसाद पौडेललाई सुचना अधिकारीको जिम्मेवारी दिइएको अस्पतालले एक सूचना जारी गर्दै जनाएको छ । पौडेललाई अस्पतालको सुचना प्रवाहको लागि जिम्मेवारी दिइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कृष्णप्रसाद पौडेलले बताउनुभयो । सूचनाको हक सम्बन्धि ऐन २०६४ दफा ६ मा भएको ब्यवस्था अनुसार सुचना प्रवाहको जिम्मेवारी दिइएको हो ।






