चितवनः नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तर्गत वडा तहको निर्वाचन सक्कीन लाग्दा बिभिन्न पदको उम्मेदवार वन्ने आकाक्षिहरुले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । यसै क्रममा १०८ औ वि.पी. जन्मजयन्तिको अवसरमा बुद्दि कान्त न्यौपानेले नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा भरतपुर महानगरको उपसभापति पदमा आफ्नो उम्मेद्वारी घोषणा गर्नु भएको छ । पारिवारीक पृष्ठभूमि राजनिति रहेका न्यौपाने स्व. चन्द्र कान्त न्यौपानेको कान्छो छोरा हुनुहुन्छ ।
बुद्दी कान्त न्यौपाने नेपाली कांग्रेस १४ औ महाधिवेशनमा अन्तगर्त भएको वडा तहको निर्वाचनमा भरतपुर–६ वडामा अत्याधिक मत लिएर आएर क्षेत्रिय प्रतिनिधिमा विजयी हुनु भएको छ्र । उहाले भरतपुरकै सबै भन्दा बढी कांग्रेसका क्रियासिल सदस्य १००६ क्रियासिल सदस्य भएको वडामा जहा ८२५ मत निर्वाचनमा खसेको थियो भने त्यसमा ५४५ मत लिएर आएर तेस्रो स्थानमा विजयी हासिल गर्न सफल हुनु भएको हो ।
सामाजिक व्यक्तित्वका रुपमा परिचित न्यौपाने यस अघि पार्टी र भातृ संगठनका बिभिन्न पदमा रहेर काम गरिसक्नु भएको छ । काँग्रेसले आयोजना गरेका बिभिन्न आन्दोलनमा सक्रिय सहभागीता जनाउने न्यौपाने युवा पुस्तामा परिचित नाम हो ।






