चितवनमा दुई फरार प्रतिवादी पक्राउ

चितवन,२१ भदौं । चितवनमा दुई फरार प्रतिवादी पक्राउ परेका छन्। कर्तव्य ज्यान र जवरजस्ति करणी मुद्दाका दुई फरार प्रतिवादी पक्राउ परेका हुन् ।

प्रहरीले चितवन जिल्ला अदालतबाट २०७७ असोज २८ गते ज्यान मार्ने उद्योग मुद्दामा ३ बर्ष कैद र ३० हजार जरिवाना तोकिएका रत्ननगर नगरपालिका ९ बस्ने बर्ष २० का संजित बस्नेतलाई पक्राउ गरेको हो।

यस्तै चितवन जिल्ला अदालतबाट नै २०६८ माघ १२ गते जवरजस्ती करणी मुद्दामा १० बर्ष कैद र १० हजार जरिवाना तोकिएका रत्ननगर ८ बस्ने बर्ष ३१ को अशोक श्रेष्ठलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। उनीहरु दुवैलाई आइतबार जिल्ला अदालतमा उपस्थित गराईएको छ।

अयोध्यामिडिया द्धारा संञ्चालित क्लिक खवर
अध्यक्षः सनद अधिकारी
प्रबन्धनिर्देशकः प्रस्ताब सुवेदी
र सम्पादक नारायण काफ्ले
बिज्ञापनका लागि सम्पर्कः ९८५५०५४१३५
Copyright © 2020 - www.clickkhabar.com | Powered by: Namuna Computer