चितवनः नेपाली काँग्रेस भरतपुर महानगर वडा नम्बर ७ ले क्रियाशिल सदस्यहरुको नामावली छुटेको प्रति बिरोध जनाएको छ । वडा सभापति काशिराम अधिकारीले एक बिज्ञप्ति जारि गर्दै पटक पटक गरि ३८ जना सदस्यको नाम क्रियाशिलको सूचिवाट हटाइएको भन्दै बिरोध जनाएको हो ।

१४ औं महाधिबेशनको समयमा आएर वडा, नगर, क्षेत्र हुँदै जिल्लाबाट समेत सर्बसहमत रुपमा पठाईएको नामावली हटाईनुले कार्यकर्तालाई अपमानित गर्ने, संगठनलाई तहस नहस पार्ने निहित अभिप्रायले जारि गरिएको हुँदा त्यस्तो कार्य पार्टीको हित विपरित रहेको जनाएको छ । यस कार्याले वडा नम्बर ७ को निर्वाचन भाड्ने मनसाय बुझिएको पत्रमा उल्लेख छ । विज्ञप्तिमा पार्टीको हित बिपरित भएको यस निर्णय फिर्ता लिन सम्बन्धित पक्षसंग जोडदार माग समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !