चितवनः बिगत दुई वर्ष देखि कारागार जिवन बिताउँदै आएका दुई जना सैनीकले सफाई पाएसँगै सेनाको जिम्मा लगाईएको छ । उनीहरुलाई कारागार कार्यालय चितवनले कालिवहादुर गणको जिम्मा लगाएको हो ।
रिहा हुनेमा नेपाली सेनको कालिवहादुर गणमा कार्यरत अमहल्दार लव कुमार गुरुङ् र सैनिक जवान सरोज तामाङ् रहेका छन् । कार्यालयका प्रमुख कमल प्रसाद काफ्लेका अनुसार सैनिक बिषेश अदालतले उनीहरुलाई सम्पति सम्वन्धि कसुर सेत गरेको मुद्धामा निर्दोष साबित गर्दै रिाहा गरेको थियो । सैनिक अदालतको बिहिबारको निर्णयले उनिहरु रिहा भएका हुन । यस अघि २०७५ साल चैत २८ गते समरी सैनिक जनरल अदालतले उनिहरुलाई दोषी ठहर गर्दै सजाय सुनाएको थियो ।
पहिलो फैसलाले हतियार चोरीमा समलङ्न रहेको ठहर गरि गुरुङ्लाई रु २९ हजार ९ सय ३६ जरिवाना सहित १० वर्ष कैद र तामाङ्लाई ७ वर्ष कैद सुनाएको थियो । बिषेस अदालतले सो निर्णय उल्टाउँदै उनिहरुलाई कर्म क्षेत्रमा चनाखो भएर काम नगरेको भन्दै तीन वर्ष सम्म वढुवामा रोक्क लगाएको छ ।






