चितवनः नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खस्दा सडक अबरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ पाँचकिलोमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
विहान करिब ७ः५० वजे पहिरो खस्दा सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार पानी परिरहेको र पहिरो झर्ने क्रम नरोकीएकाले पहिरो पन्छाउने काम सुरु हुन सकेको छैन । पहिरोले सडक दुई तर्फि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
पहिरो खसे संगै नारायणगढ–मुग्लिन सडक खण्ड भएर चल्ने सवारिसाधन रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस !