चितवनः जिल्ला प्रहरी कार्यालय चितवनले पश्चिम चितवनबाट रु ३ लाख १७ हजार ४ सय ५५ सहित सात जना जुवाडेलाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १६ रामपुर स्थित धिरेन्द्र हमालको घरमा जुवा (तास) खेलीरहेका उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट पाँच बुक तास समेत वराम गरिएको हो । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर १९ की ५८ वर्षिय हिमाली गुरुङ्, ४८ वर्षिय मेख वहादुर तामाङ्, १९ वर्षिय राजकुमार शाही, वडा नम्बर १७ का ५० वर्षिय बुद्धिराज महतो, वडा नम्बर २० का ४४ वर्षिय लक्ष्मण श्रेष्ठ, वडा नम्बर १५ का ४४ वर्षिय बद्री लामा र घरधनी हमाल रहेका छन् । पक्राउ परेकाहरुलाई जुवा खेल्न वा सट्टाबाजि गर्न नहुने कसुर अनुसार म्यादथप गरि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायव उपरिक्षक नरहरी अधिकारीले जनाकारी दिनुभयो ।






