क्याप्सुल फार्मेसीद्वारा यात्रा ग्रुप भरतपुरलाई खेलकुद सामाग्री सहयोग

चितवन,: भरतपुर १०, चौबिसकोठीमा रहेको क्याप्सुल फार्मेसीले यात्रा ग्रुप भरतपुरलाई खेलकुद सामाग्री सहयोग गरेको छ । आज एक कार्यक्रमको आयोजना गरि क्याप्सुल फार्मेसीका सञ्चालक ईश्वर रिमाल र शुसिल भटराईले यात्रा ग्रुपका अध्यक्ष कृष्ण कार्कीलाई खेलकुद सामाग्री सहयोग गरेको हो ।

कार्यक्रममा बोल्दै क्याप्सुल फार्मेसीका सञ्चालक रिमालले खेलाडीहरुलाई प्रोत्साहन गर्नका लागि खेल सामाग्री सहयोग गरिएको बताए । खेलाडी देशको पहिचान भएको भन्दै उनले आगामी दिनमा पनि आवश्यकता अनुसार सहयोग गर्ने प्रतिवद्धता जनाए । यात्रा ग्रुपका अध्यक्ष कार्कीले यस्ता सहयोगले खेलाडीको मनोवल बढ्ने बताए ।

यसरी नै आवश्यक खेल सामाग्री सहयोग गरेर सबैले खेलाडीलाई खेल्ने अनुकुल वातारण सृजना गर्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा यात्रा ग्रुपका उपाध्यक्ष सन्तोष कुमाल, कोषाध्यक्ष संजोग गुरुङ, खेलाडीहरु लगायतको उपस्थिति थियो ।

अयोध्यामिडिया द्धारा संञ्चालित क्लिक खवर
अध्यक्षः सनद अधिकारी
प्रबन्धनिर्देशकः प्रस्ताब सुवेदी
र सम्पादक नारायण काफ्ले
बिज्ञापनका लागि सम्पर्कः ९८५५०५४१३५
Copyright © 2020 - www.clickkhabar.com | Powered by: Namuna Computer