चितवनः पश्चिम चितवनको जगतपुरमा गैंडाको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर २३ कि ३८ वर्षिया सम्झना दराई रहेको इलाका प्रहरी कार्यालय गितानगरले जनाएको छ । कार्यालयका अनुसार स्थानिय हरियाली सामुदायिक वनमा घाँस काट्न गएकी दराईलाई आज दिउँसो २ः३० वजे गैंडाले आक्रमण गरेको थियो ।
गैंडाको आक्रमणबाट गम्भिर घाईते दराईको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनो दिउँसो ३ः२५ वजे मृत्यु भएको हो ।






