काठमाडौं, : कर्णालीमा नेकपा एमालेका ३ जना सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । रुकुमका चन्द्रबहादुर शाही, रुकुम पश्चिमकी देवी ओली र जुम्लाका पदमबहादुर रोकायाले नेकपा एकीकृत समाजवादी रोजेका हुन् ।

सांसद ओलीले बुधबार आफूहरु ३ जना प्रदेश निर्वाच कार्यालय पुगेर नेकपा एकीकृत समाजवादी दल रोजेको जानकारी गराएको बताइन् ।

कर्णाली प्रदेशसभामा नेकपा एमालेबाट २० सांसद निर्वाचित भएका थिए । तीमध्ये फ्लोर क्रस गर्ने ४ जना पदमुक्त भएका छन् । हाल एमालेको १६ जना सांसद कायम रहेकामा ३ जनाले एकीकृत समाजवादी रोजेपछि एमालेको सांसद संख्या १३ मा झरेको छ ।

विभाजन भएपछि जनप्रतिनिधिलाई दल रोज्ने समय भदौ २२ गतेसम्मलाई तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस !