चितवनः जिल्ला प्रहरी कार्यालय चितवनले चार दिनमा ८९ जना फरार आरोपी पक्राउ गरेको छ । पक्राउ पर्नेमा ८१ जना पुरुष र ८ जना महिला रहेका छन् ।
कार्यालयका प्रबक्ता एबं प्रहरी नायब उपरिक्षक सूर्य वहादुर थापाका अनुसार भदौ ८ गते देखि ११ गते सम्म सञ्चालन गरिएको फरार व्यक्ति पक्राउ अप्रेसनका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा चोरी, लागूऔषध, बहुबिबाह, वन पैदावर, कीर्ते, जुवा, केही सार्बजनिक अपराध, जालसाजी, सम्बबन्ध बिच्छेद, सवारी अंगभंग, सवारी ज्यान लगाएतका मुद्दाका व्यक्ति रहेको उहाँले जानकारी दिनुभयो । उनीहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बुझाईएका उहाँले बताउनुभयो । पक्राउ परेका उनीहरुबाट ३ वर्ष १ महिना ५ दिन कैद तथा रु १३ लाख ७० हजार १ सय २३ जरिवना असुली गरिएको उहाँको भनाई छ ।






