चितवन: नारायणगढ– मुग्लिन सडक खण्डको सेती दोभानमा पहिरो खसे पछि सडक अबरुद्ध भएको छ । आज राती ८ः२० वजेको समयमा ठूलो पहिरो खसे प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगर पालिका वडा नम्बर २९ मा पर्ने सेती दोभानमा पहिरो खसेर सडक अबरुद्ध भएको हो । कार्यालयका प्रहरी नायव उपरिक्षक सूर्य वहादुर थापाका अनुसार पानी परि रहेको र पहिरो खसी रहेकाले तत्काल बाटो सुचारु हुने सम्भावना छ्रैन ।

प्रतिक्रिया दिनुहोस !