चितवन: चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरको कोलकोत्ता टापुको कधीसोहरा भन्ने क्षेत्रमा एउटा गैंडा मृत अबस्थामा भेटिएको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार सो क्षेको नारायणी नदी बाहिरी भंगालाको दक्षिण किनारमा रहेको भास क्षेत्रमा करिब १० वर्षको भाले गैंडा मृत अबस्थामा भेटिएको हो ।
खाग खुर लगाएतका सामान सुरक्षित रहेको सो गैंडा दलदलमा परेर मरेको अनुमान गरिएको छ । यस आर्थिक वर्षमा यो संगै ७ वटा गैंडा मृत अबस्थामा भेटिएका छन् ती मध्ये एउटा चोरी सिकारीले मारेका हुन भने अन्य प्राकृतिक कारणले मरेको अधिकारीले जानकारी दिनुभयो ।








