चितवन: चितवन रािष्ट्रय निकुञ्जले गैंडा मारि खाग तस्करी गरेको आरोपमा बिभन्न व्यक्तिलाई पक्राउ गरि सार्बजनिक गरेको छ । गत भदौ ३१ गते बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा भेटिएको गैंडाको खाग तस्कारी गरेको आरोपमा अनुसन्धानका क्रममा ती व्यक्तिहरु पक्राउ परेका हुन ।
निकुञ्जले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा मकवानपुरको वागमती गाउँपालिका वडा नं ३ पाँचपाण्डवका वर्ष ३५ को नविन पौडेल भन्ने मेख बहादुर नेपाली, जाजरकोटको शिवालय गाउँकार्यपालिका वडा नं २ डुङ्ग्रा बस्ने २७ वर्षिय विर बहादुर बस्नेत, जिल्ला चितवन खैरहनी नगरपालिका वडा नं ६ रिजालटोल बस्ने २५ बर्षिय आरोष उप्रेती लाई पक्राउ गरिएको हो । चितवनकै भतरपुर महानगरपालिका वडा नं २८ स्यालबास बस्ने वर्ष ४९ को रण बहादुर भनिने जित बहादुर कुमाल समेत दुई जनालाई कारागारबाट झिकाई अनुसन्धान अघि वढाईएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले वताउनुभयो ।
अनुसन्धानकै क्रममा फरार प्रतिवादीहरु रामकुमार प्रजा र बमबहादुर प्रजालाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ वरालका अनुसार उनीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५ (१) (क) तथा २६(१) बमोजिमको कसूर अपराधमा सोही ऐनको दफा २६(१) बमोजिम सजायको माग दवी गरिएको छ । यसै मुद्धामा दश जना फरार रहेको निकुञ्जले जनाएको छ । निकुञ्जका कर्मचारी, नेपाली सेनाको खड्गदल गण, जिल्ला प्रहरी कार्यालय चितवन, नेपाल प्रहरिको केन्द्रिय अनुसन्धान ब्युरो, नेपाली सेना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशानलय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग लगायतको टोलीलले उनीहरुलाई पक्राउ गरेको हो ।






