काठमाडौँ,: नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन आइतबार तोलामा ३ सय रुपैयाँले घटेर ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ४ सय रुपैयाँ कायम भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर १ हजार १८० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस !