भरतपुर, : भरतपुर महानगरपालिका वडा नं ७ स्थित सिताराम टोल विकास संस्थाको १० औँ अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले गोपाल अधिकारीको अध्यक्षतामा २ वर्षे कार्यकालका लागि नौ सदस्य कार्यसमिति कार्यम गरेको छ ।

समितिका उपाध्यक्षमा पूर्णभद्र कँडेल, सचिवमा ऋषिराम दवाडी, कोषाध्यक्षमा प्रतिमा सापकोटा निर्वाचित भएका छन ।  त्यस्तै सदस्यहरुमा बुद्धि अधिकारी, शिवराम अधिकारी, पूर्णभद्र पौडेल, उदय गौतम, गीता उपाध्याय रहेका छन् ।

समितिका सचिव ऋषिराम दवाडी,कोषाध्यक्ष प्रतिमा सापकोटा ले समग्र संस्थाको प्रतिवेदन पेश गर्दै हाल यस टोलमा १ सय बढी घरधुरी रहेको  वताए ।

प्रतिक्रिया दिनुहोस !