चितवन,: पछिल्लो २४ घण्टामा १०६ जना नयाँ कोरोना भाइरस संक्रमितहरु थपिएका छन्। पीसीआर परीक्षणबाट ९० तथा एन्टिजेनबाट १६ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनमा आज एकै दिन २११ जना कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । यससँगै जिल्लाभर अहिलेसम्म जिल्लाभर कोरोनामुक्त हुनेको संख्या २० हजार ७१४ पुगेको छ ।

२ हजार ३९३ जनामा अझै कोरोना सक्रिय छ । उनीहरु मध्ये २ हजार २३९ जना होम आइसोलेसनमा छन् भने १५१ जना अस्पताल तथा ३ जना संस्थागत आइसोलेसनमा छन् ।

जसमा भरतपुर महानगरपालिका भित्रका मात्रै ६९ जना छन् । यस्तै खैरहनी नगरपालिकाका ८, माडीका ७, रत्ननगरका १४, राप्तीमा ५, कालिकाका २ र इच्छाकामनाका १ जनामा संक्रमण पुष्टि भएको छ । यस सँगै चितवनमा कोरोना संक्रमितको संख्या २३ हजार ४८० पुगेको छ ।

जिल्लाभर कोरोना संक्रमणबाट अहिलेसम्म ३७३ जनाको मृत्यु भएको भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट चितवनमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर र कालिकाका १-१ जना छन् ।

प्रतिक्रिया दिनुहोस !